समाज

प्रधानमन्त्री प्रचण्ड पत्नी सीताको निधनपछि नर्भिक अस्पताल पुगे शीर्ष नेताहरू (तस्बिरहरू)

इकागज |
असार २७, २०८० बुधबार १०:३५ बजे

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन भएपछि नर्भिक अस्पतालमा विभिन्न दलका शीर्ष नेताहरू पुगेका छन् । सीताको आज बिहान ८:३३ बजे नर्भिक अस्पतालमा निधन भएको हो ।

प्रधानमन्त्री प्रचण्डलाई समवेदना दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत, परराष्ट्रमन्त्री एनपी साउद, नेताहरू आरजु राणा देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उपसभापति डोलप्रसाद अर्याल, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्षसमेत रहेकी भूमि व्यवस्था मन्त्री रञ्जिता श्रेष्ठलगायत नेताहरू नर्भिक अस्पताल पुगेका छन् ।


त्यसैगरी माओवादी नेताहरू प्राय सबै अस्पताल पुगिसकेका छन् ।प्रधान सेनापति प्रभुराम शर्मा पनि पुगेका छन् ।

तस्बिर : जेविन सर्वहारा


Author

थप समाचार
x