समाज

यसरी बनाइन्छ जुजु धौ (फोटोफिचर)

अनुज बज्राचार्य |
असार १२, २०८० मंगलबार १४:४ बजे

काठमाडौं । असार १५ मा दही र चिउरा खाने प्रचलन छ । यो दिन दही धेरै खपत हुने भएकाले अहिले भक्तपुरवासी दही बनाउन व्यस्त छन् । उनीहरु प्रख्यात जुजु धौ बनाउन व्यस्त भएका हुन् ।

अहिले दैनिक बिहान ८ बजेदेखि बेलुकीसम्म दही बनाउने गर्छन् भक्तपुरवासी  । यो समयमा दैनिक ४० लिटरदेखि ८ सय लिटरसम्मको दही बनाउने गरेको उनीहरु बताउँछन् ।


भक्तपुरवासीले जुजु धौ परम्परागत शैलीबाट बनाउने गरेका छन् । दही बनाउने ठाउँमा सुरुमा भुस राखिन्छ अनि दूधलाई बाक्लो हुने गरी उमालिन्छ । उम्लिएको दूधलाई भूसमाथि माटोको कतरामा लहरै राखिन्छ । यो कतरामा तीन चरणमा दह राख्ने गरिन्छ । 

पछि न्यानो हुने ओढ्नेले छोपेर राखिन्छ । करिब चार/पाँच घण्टापछि जुजु धौ तयार हुन्छ । नेपाल भाषामा जुजुको अर्थ राजा र धौको अर्थ दही हो । यस अर्थमा जुजु धौको अर्थ सबैभन्दा उत्कृष्ट दही भन्ने हो ।


Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।


थप समाचार
x