समाज

लेनदेन विषयमा युवकले गरे आत्मदाहको प्रयास

सुभाष कर्ण |
जेठ ३०, २०८० मंगलबार २१:४४ बजे

जनकपुरधााम- ऋण लेनदेनको विषयमा जनकपुरधाममा एक युवकले आत्मदाहको प्रयास गरेका छन् ।

जनकपुरधाम-१४ रजौल घर भएका अन्दाजी ३० वर्षीय रितेश दासले आत्मदाहको प्रयास गरेका हुन् । उनले आत्मदाह गर्न शरीरमा पानीको बोतलमा राखिएको पेट्रोल छर्किरहेको देखेपछि स्थानीयले उद्धार गरेका छन् ।


मिल्स एरियास्थित आइएमई मनी ट्रान्सफर सञ्चालक रहेका उमेश साहसँग रितेशले ३० लाख ऋण लिएका थिए । ऋण लिन उनले जनकपुरधामकै ४ कट्ठा ८ धुर जग्गा उमेशको श्रीमती संगिता देवी साहको नाममा रजिस्ट्रेशन पास गरेका दिएका थिए ।

तर, ऋण लिएको ६ महिना नबित्दै उमेशले सो जग्गा बिक्री गरेको थाहा पाएपछि रितेश आत्मदाहको प्रयास गरेको बुझिएको छ । रितेशले आत्मदाहको प्रयास गरेको कुराको प्रहरीले पनि पुष्टि गरेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाको प्रवक्ता डिएसपी वेदप्रसाद  गौतमले लेनदेनको विषयमा रितेश भन्ने युवकले आत्मदाहको प्रयास गरेको खबर आएको छ । तर, विस्तृत आउन नसकेको बताए ।

 

 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x