समाज

अनलाइन ठगीमा दुईविरुद्ध मुद्दा, २१ जना तारेखमा रिहा

सुभाष कर्ण |
बैशाख ५, २०८० मंगलबार २०:० बजे

जनकपुरधाम- अनलाइन ठगी आरोपमा जनकपुरधामबाट पक्राउ परेकाहरू मध्ये दुईविरुद्ध मुद्दा चलाइएको छ भने २१ जनालाई तारेखमा रिहा गरिएको छ ।

धनुषा प्रहरीले गत चैत २० गते जनकपुरधामस्थित पिडारी चोकबाट २३ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये दुई जनामाथि मुद्दा प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले जानकारी दिएका छन् ।


डिएसपी गौतमका अनुसार पक्राउ परेकाहरू मध्येबाट सत्यानन्द राम र विजय सिंहमाथि राष्ट्र बैंक कसुर अन्तर्गतको मुद्दा चलाइएको हो । उनले भने, 'पक्राउ परेका दुई जना मुख्य दोषी देखिएका हुन् । तिनीहरू मुद्दा चलाएर बाँकी २१ जनालाई तारिखमा छोडिएको छ ।'

जनकपुरधामको पिडारी चोकमै एउटा फ्ल्याट भाडामा लिएर अनलाइन ठगीको कारोबार गर्दै आइरहेको सूचनाका आधारमा १४ पुरुष र ९ महिला गरी २३ जनालाई इलेक्ट्रोनिक सामग्रीसहित प्रहरीले विशेष सूचनाका आधारमा पक्राउ गरेको थियो । सो ठाउँबाट प्रहरीले ल्यापटप, डेस्कटप, कम्प्युटर लगायत ६० भन्दा बढी उपकरण बरामद गरेको थियो ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x