आत्मदाह गर्न लागेका युवकलाई जोगाउन गएकी संगिताले आफ्नै ज्यान गुमाइन्

पाेखरा - पाेखरामा आइतबार शरीरमा आगो लगाएका युवकलाई बचाउन गएकी महिलाको मत्यु भएकाे छ । पाेखरा महानगरपालिका १३ काहुँखाेलास्थित घरमा आगो लगाई आत्महत्याकाे प्रयास गरेका कृष्णबहादुर क्षेत्रीलाई बचाउने क्रममा घाइते संगिता सापकाेटाकाे मृत्यु भएकाे हाे ।
उनकाे उपचारकाे क्रममा पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार राति ११ बजे मृत्यु भएकाे प्रतिष्ठानका निर्देशक डा. भरतबहादुर खत्रीले जानकारी दिए ।
डा. खत्रीका अनुसार आत्महत्या प्रयास गर्ने क्षेत्रीकाे अवस्था सुधाराेन्मुख रहेकाे छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया