समाज

गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला

इकागज |
मंसिर १८, २०७९ आइतबार ८:१४ बजे

काठमाडौं - नेकपा एमालेका नेता गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला परेको छ । काभ्रेबाट नवनिर्वाचित सांसदसमेत रहेका बास्कोटाको लोकन्थलीस्थित घरमा आइतबार बिहान शंकास्पद बस्तु फेला परेको हो । 

घरको कम्पाउण्डमा बमजस्तो देखिने बस्तु फेला परेको जानकारी आएपछि घटनास्थलमा नेपाली सेनालाई पठाइएको भक्तपुरकी सिडिओ रूद्रादेवी शर्माले इकागजलाई जानकारी दिइन् । 



Author

थप समाचार
x