समाज

ल्हाक्याप भीरमा ‘फलामे गोरेटो’

घर जाँदा अब त ब्रम्हायणी नदीमा खसिदैन कि...

केही जाेखिम हट्याे भीरमा भित्ता छाम्दै घर पुग्नुपर्ने बाध्यता

सम्झना कार्की |
भदौ ९, २०७९ बिहीबार १५:३० बजे

सिन्धुपाल्चाेक । माथि टोपी खस्ने अक्करे भीर । तल सलल... बगिरहेको ब्रम्हायणी नदी । भित्तामा समातेर गन्तव्यमा पुग्नुपर्ने बाध्यता । भीरकाे बाटाे हुँदै गरिने यात्राका क्रममा तलतिर होस् वा माथितिर हेर्दा आङनै जिरिङ्ङ्गै हुनेगर्छ ।

सिन्धुपाल्चोकको निकै बिकट भनेर चिनिने जुगल गाउँपालिकाको तेम्बाथान, दिपुलगायतका गाउँमा जान यो अक्करे भीरविना सम्भव छैन । त्यसैले सम्भावित दुर्घटना रोक्न गाउँपालिकाले भीरमा फलामे बार लगाएको छ । तर, जोखिम उस्तै छ ।


पहाडै पहाडको बीचमा चिटिक्क परेको फलामे गारेटो देख्दा निकै सुन्दर पनि छ । यही बाटाे कसैका लागि रमाईलो छ भने कसैकाे बाध्यता हाे। थोरै हाेस गुमाए सिँधै ब्रम्हायणी नदिमा। यसअघि  निकै जाेखिम माेलेर गाउँ पुग्नुपर्ने बाध्यतामा अहिले केही कमी आएकाे तेम्बाथानवासी बताउँछन् । उनीहरु भन्छन्, 'घर जाँदा अब त ब्रम्हायणी नदिमा खसिदैन कि ।'

​ याे हाे जुगल गाउँपालिका-३ मा रहेको ल्हाक्याप भीर ।

न्युज कारखाना


Author

थप समाचार
x