सेयर

सेयर बजार बढ्यो

इकागज |
पुस २४, २०८० मंगलबार १६:२८ बजे

फाइल तस्बिर

काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २० दशमलव ६२ अंकले वृद्धि भएको छ । आज नेप्से परिसूचक एक प्रतिशतले बढेर दुई हजार ८० दशमलव १२ अंकमा कायम भएको छ ।

तीन सय नौ कम्पनीको एक करोड ७९ लाख ४९ हजार पाँच सय ६२ कित्ता सेयर एक लाख चार हजार छ सय १९ पटक खरिद बिक्री हुँदा ६ अर्ब ११ करोड ८३ लाख १७ हजार आठ सय ६६ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।  आज जलविद्युत् समूह शून्य दशमलव ४५, उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ०४ र म्युचुअल फन्ड समूह शून्य दशमलव १५ प्रतिशतले घटेका छन् भने अरू सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै विकास बैंक समूह पाँच दशमलव २१ र होटल तथा पर्यटन समूह तीन दशमलव ६४ प्रतिशतले बढेका छन् ।


आठ कम्पनीको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । विकास बैंकको सेयर कारोबार बढेको देखिएको छ । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड, सिन्धु विकास बैंक लिमिटेड, कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड, सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड, अपर स्याङ्गी हाइड्रोपावर लिमिटेड, त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड, मुक्तिनाथ कृषि कम्पनी लिमिटेड र हिमालय रिइन्सुरेन्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य आठ दशमलव १९ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको रु २१ करोड ४९ लाख ४५ हजार आठ सय ९३ बराबरको कारोबार भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक लिमिटेडको आठ लाख ५१ हजार ५० कित्ता सेयर किनबेच भएको छ ।


Author

थप समाचार
x