सेयर

नेप्से ४१ अंकले बढ्दा २ कम्पनीको सेयरमा सर्किट ब्रेक

इकागज |
असार १५, २०७९ बुधबार १५:१४ बजे

काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक साताको चौथो कारोबारको दिन बुधवार सुधार भएको छ । आज नेप्से परिसूचक ४१.३९ अंकले बढेको हो । बजार परिसूचक ४१.३९ अंक अर्थात २.१५ प्रतिशतले बढेर १९६२.७१ अंकमा उक्लिएको छ । त्यस्तै ‘क’ वर्गका कम्पनीहरूको मापक परिसूचक सेन्सेटिभ इन्डेक्स ६.५५ अंक अर्थात १.७६ प्रतिशतले बढेर ३७९.१५ अंकमा उक्लिएको छ ।

साताको पहिलो कारोबारको दिन आइतवार ९५ अंकले बढेको सोमबार २४ अंक तथा मंगलवार १२ अंकले घटेको थियो । आज २२८ कम्पनीको १ अर्ब ४३ करोड १४ लाख ६ सय ४१ रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ।  ४३ लाख ८६ हजार ४ सय ३९ कित्ता सेयर २९ हजार ४ सय ३४ पटकमा खरिद बिक्री भएको थियो । उप-सूमहतर्फ आज १३ समूहको सेयर मूल्य बढेको छ ।


बजार बढ्दा १ सय ८१ कम्पनी सेयर मूल्य बढेको छ भने ९ कम्पनीको सेयर मूल्य घटेको छ। बढ्दो बजारमा आज आधिँखोला लघुवित्त तथा सिवाइसी नेपाल लघुवित्तको सेयरमा सकारात्मक सर्किट ब्रेक लागेको छ ।


Author

थप समाचार
x