सेयर

प्रभु केबुलकारले आईपीओ जारी गर्ने

इकागज |
बैशाख १३, २०८१ बिहीबार ७:५५ बजे

काठमाडौँ- प्रभु केबुलकार एण्ड टुरिज्म लिमिटेडले सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ । सार्वजनिक सेयर निष्कासनका लागि कम्पनीले बिक्री प्रबन्धक नियुक्त गर्न शिलबन्दी बोलपत्र आवेदन मागेको छ ।

वैशाख ४ गते सूचना जारी गर्दै ४५ दिनभित्र शिलबन्दी बोलपत्र पेश गर्न भनिएको छ ।


कम्पनीको मुख्य लगानीकर्ता प्रभु स्टील्स एण्ड हाईड्रो ईक्युपमेन्ट इण्डस्ट्रिज लिमिटेड, प्रभु ऊर्जा कृषि पर्यटन विकास लिमिटेड, प्रभु होल्डिङ्गस् एण्ड हाईड्रो डेभलपमेन्ट कम्पनी लिमिटेड, हाईड्रो होल्डिङ्गस् एण्ड पावर डेभलपमेन्ट कम्पनी लिमिटेड र प्रभु जलविद्युत्‌ विकास लिमिटेडका कर्मचारीहरूलाई छुट्याइएको १० प्रतिशत शेयर र यस कम्पनीको कर्मचारीहरूले प्रचलित कानून बमोजिम लिन पाउने शेयरको लागि आवश्यक वित्त व्यवस्थापनसमेत बिक्री प्रबन्धकले गर्नुपर्ने शर्त कम्पनीको छ ।

सिन्धुलीमा सिद्धबाबा केवलकार, लुम्बिनीमा सिद्धार्थ केवलकार र रामेछापमा खाँडादेखि केवलकार निर्माण गरिरहेको कम्पनीले प्रिमियम मूल्यमा ३० लाख कित्ता आईपीओ निष्कासन गर्ने जनाएको छ ।


Author

थप समाचार
x