सेयर

सेयर बजार घटेको घट्यै, १८४८मा झर्‍यो नेप्से

इकागज |
असार ९, २०७९ बिहीबार १५:१८ बजे

काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बिहीवार पनि उल्लेख्य रूपमा घटेको छ । पाँचौँ दिनको कारोबार बजार परिसूचक ४५.२५ अंकले घटेको छ । बिहीवार बजार परिसूचक ४५.२५ अंक अर्थात २.३९ प्रतिशतले घटेको छ । आज समग्र बजार परिसूचक घटेर १८४८.२८ अंकमा झरेको छ ।

‘क’ वर्गका कम्पनीहरूको मापक परिसूचक (सेन्सेटिभ इन्डेक्स) ७.०६ अंक अर्थात १.९१ प्रतिशतले घटेर ३६२.०९ मा ओर्लिएको छ ।


बजार ४५ अंकले घटेपनि कारोबार रकम भने बुधबारको भन्दा केही सुधार देखिएको छ । आज करिव १ अर्ब ५० करोड रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। बुधबार जम्मा ८१ करोड ३७ लाख बराबरको सेयर खरिद बिक्री भएको थियो ।

आज २३७ कम्पनीको १ अर्ब ४९ करोड ९७ लाख ९ हजार ६ सय ३५ रूपैयाँ बराबरको ५० लाख ८ हजार ७ सय ७१ कित्ता सेयर ३३ हजार ४ सय ६० पटकमा खरिद बिक्री भएको छ ।

उप-समूहतर्फ बिहीवार सबै परिसूचक घटेका छन् । जसमा सबैभन्दा धेरै फाइनान्स समूह रहेका छन् । आज फाइनान्स समूह ३.४८ अंकले घटेको छ । ४५ अंकले बजार घट्दा आँधिखोला लघुवित्त तथा सिवाइसी नेपाल लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ ।

 


Author

थप समाचार
x