सूचना-प्रवधि

टेलिकमको चेतावनी : पोल भाडा नबुझाए इन्टरनेट र केवल सेवा प्रदायक कम्पनीको तार साउनदेखि हटाउने

इकागज |
असार १०, २०७९ शुक्रबार ८:४० बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाल टेलिकमले इन्टरनेट र केवल सेवा प्रदायक कम्पनीलाई पोल प्रयोग गरेबापत भाडा रकम बुझाउन आग्रह गरेको छ । आर्थिक वर्ष २०७८/०७९ को पोल भाडा असार मसान्त सम्म नेपाल टेलिकमको कार्यालय वा प्रादेशिक निर्देशनालयमा बुझाउनुपर्ने छ ।

त्यस्तै इन्टरनेट र केवल सेवा कम्पनीले कुनै पनि सम्झौता र भुक्तानी नगरी पोलको प्रयोग गर्नेहरूको साउन १ गतेदेखि जुनसुकै समयमा हटाउन सकिने टेलिकमले जनाएको छ ।


त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयं कम्पनी हुने टेलिकमको भनाइको छ ।

 


Author

थप समाचार
x