सुदूरपश्चिम

कोभिड-१९ सङ्क्रमित वृद्धको मृत्यु

इकागज |
माघ १३, २०७८ बिहीबार ९:५ बजे

कैलाली - सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीका एक कोभिड-१९ सङ्क्रमित वृद्धको आज विहान मृत्यु भएको छ । गोदावरी नगरपालिका-५ का ६२ वर्षीय वृद्धको मृत्यु भएको हो । जिल्ला प्रशासन कार्यालय कैलालीकाअनुसार ती वृद्धलाई माघ ११ गते कोभिड पुष्टि भएको थियो ।

आइसीयुमा राखेर उपचार गर्ने क्रममा उनको ज्यान गएको प्रशासनका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।



Author

थप समाचार
x