सुदूरपश्चिम

सुदूरपश्चिम सरकारमा थपिए तीन मन्त्री

इकागज |
फागुन २५, २०८० शुक्रबार २१:२३ बजे

काठमाडौँ- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

मुख्यमन्त्री शाहले शुक्रबार नागरिक उन्मुक्ति पार्टीका तीन जनालाई मन्त्रीमा नियुक्त गरेका हुन् ।


नागरिक उन्मुक्तिका संसदीय दलका नेता घनश्याम चौधरीले आर्थिक मामिला, खुसीराम चौधरी सामाजिक विकास मन्त्रालय र इन्दिरा गिरीले कृषि राज्यमन्त्रीको जिम्मेवारी पाउने भएका छन् ।

शुक्रबार नै शपथ ग्रहणको कार्यक्रम राख्ने तयारी भएको बताइएको छ । नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका शाह नेकपा (माओवादी केन्द्र)ले साथ छोडेसँगै अल्पमतमा परेका छन् । यसर्थ उनले मन्त्रिपरिषदमा स्वतन्त्र सांसद डा तारा जोशी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का खेमादेवी विष्टलाई पनि समावेश गर्ने गरी सहमति जुटेको बताइएको छ ।


Author

थप समाचार
x