सुदूरपश्चिम

व्यवसायीले लगाए अत्तरिया उद्योग वाणिज्य संघमा ताला

इकागज |
माघ ९, २०८० मंगलबार २०:२० बजे

धनगढी- कैलालीको अत्तरिया उद्योग वाणिज्य संघमा तालाबन्दी गरिएको छ । आज अत्तरियाका व्यवसायीले उद्योग वाणिज्य संघमा तालाबन्दी गरेका हुन् ।

अत्तरियामा आयोजित सुदूरपश्चिम प्रादेशिक महोत्सवको नक्कली टिकट ठेली प्रकरणमा छानबिनको माग गर्दै व्यवसायीले संघको कार्यालयमा ताला लगाएका छन् । माघ ७ गतेसम्म चलेको महोत्सवमा माघ ४ गते २८ वटा नक्कली टिकट ठेली फेला परेका थिए ।



Author

थप समाचार
x