सुदूरपश्चिम

कपडा सिलाउन हिँडेका ओझा मृत फेला

इकागज |
कात्तिक २९, २०८० बुधबार १०:४८ बजे

सांकेतिक तस्बिर

कैलाली- बैतडीमा एक युवक मृत फेला परेका छन् । मेलौली नगरपालिका-७ ओझागाउँका अन्दाजी ३८ वर्षीय लोकेन्द्र ओझा मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।

सोमबार दिउँसो गाउँकोट भन्ने ठाउँमा कपडा सिलाउन जान्छु भनेर हिँडेका ओझा मंगलबार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए ।


मेलौली नगरपालिका-७ मङ्गराउ भन्ने स्थानमा सडकबाट करिब ५ मिटर तल ओझाको शव फेला परेको बताउँदै प्रवक्ता केसीले घटनाको अनुसन्धान भइरहेको बताए ।


Author

थप समाचार
x