सुदूरपश्चिम

घाइतेलाई उपचार गर्न कैलालीको सेती अस्पताल पनि तयारी अवस्थामा

इकागज |
कात्तिक १८, २०८० शनिबार १३:० बजे

फाइल तस्बिर

कैलाली- भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा घाइते हुनेहरूको उद्धार भइरहँदा गम्भीर स्थितिका घाइतेको उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताललाई तयारी अवस्थामा राखिएको छ । 

घाइतेका लागि आवश्यक बेड र चिकित्सक तयारी अवस्थामा राखिएको अस्पतालले जनाएको छ ।


अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शेरबहादुर कमरले स्वास्थ्यकर्मीसहितको टोलि तयारी अवस्थामा राखिएको बताए ।

शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटलाई केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको हो ।


Author

थप समाचार
x