सुदूरपश्चिम

... अनि बजार बन्द गरे महेन्द्रनगरका व्यापारीहरूले

इकागज |
असोज २५, २०८० बिहीबार १२:१२ बजे

कैलाली । कञ्चनपुरको महेन्द्रनगरका व्यापारीहरुले प्रहरी प्रशासनले दशैंको मुखमा छापा मारेर अनावश्यक दुःख दिएको भन्दै बजार बन्द गरेका छन् ।

कञ्चनपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हेम बिक्रम थापाको अगुवाईमा महेन्द्रनगर बजार बन्द गरिएको हो । उनीहरुले दशैंको मुखमा छापा मारेर व्यवसायीहरुलाई आतंकित गरेको भन्दै त्यसको विरोधमा बजार बन्द गर्नुपरेको बताएका छन् ।


यस घटनामा कञ्चनपुर उद्योग वाणिज्य संघ भने मौन छ । व्यवसायीहरुले कञ्चनपुर उद्योग वाणिज्य संघ कहाँ छ भनेर प्रश्न गरिरहेका छन् ।

कञ्चनपुर प्रहरीले भने भारतबाट तस्करी गरेर ल्याएको समान गोदाममा राखेको भन्दै महेन्द्रनगर बजारको केही व्यवसायीहरुको गोदाममा छापा हानेर अवैध समान नियन्त्रणमा लिएको बताएको छ ।


Author

थप समाचार
x