सुदूरपश्चिम

कोदालो प्रहार गरेर बुवाको हत्या

इकागज |
असोज २१, २०८० आइतबार १२:१८ बजे

सांकेतिक तस्बिर

कैलाली- कञ्चनपुरका एक युवाले कोदालो प्रहार गरेर बुवाको हत्या गरेका छन् । पुनर्वास नगरपालिका ११ भीम वस्तीका १८ वर्षीय हेमन्त धामीले ४६ वर्षीय बुवा जसवीरको हत्या गरेका हुन् ।

हेमन्तको कोदालो प्रहारबाट जसवीरको घटनास्थलमा नै मृत्यु भएको कञ्चनपुर प्रहरीले जानकारी दिएको छ । 


जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार घरायसी विवादका कारण उनले बुवामाथि आइतबार बिहान कोदालो प्रहार गरेका हुन्। 

हेमन्तलाई इलाका प्रहरी कार्यालय त्रिभुवन वस्तीले नियन्त्रणमा लिएको जनाएको छ ।


Author

थप समाचार
x