सुदूरपश्चिम

बझाङमा फेरि ५.३ रेक्टरको भूकम्प

इकागज |
असोज २०, २०८० शनिबार १३:६ बजे

भूकम्पले बझाङका नरेन्द्र उपाध्यायको चर्किएको घर । तस्बिर : इकागज

कैलाली- बझाङमा पुन: भूकम्प गएको छ । शनिबार बिहान ११:४५ बजे बझाङको भातेखोला केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शनिबार बिहान ५ दशमलव ३ रेक्टर स्केलको भुकम्प गएको हो । 


भूकम्पका कारण केही घरहरू चर्किएको स्थानीय शिक्षक नरेन्द्र उपाध्यायले बताए । उनले भूकम्पका कारण मानिसहरूमा पुन: त्रासको स्थिति सृजना भएको बताए । 

गत मंगलबारदेखि अहिलेसम्म बझाङमा सयौँ पटक भूकम्पको झट्का महसुस गरिएको शिक्षक उपाध्यायले बताए ।


Author

थप समाचार
x