सुदूरपश्चिम

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

इकागज |
असोज २०, २०८० शनिबार ११:३७ बजे

सांकेतिक तस्बिर

कैलाली- कञ्चनपुरमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। शुक्रबार राति १० बजेको समयमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय अत्तरियाका अनुसार दोधाराचादनी नगरपालिका–६ मा म १ प २४६८ नम्बरको मोटरसाइकल र से. २ प. १४५२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको हो ।


दुर्घटनामा सोही ठाँउका २५ वर्षीय चालक गोपाल सुनारको घटनास्थलमै मृत्यु भएको छ भने अर्का चालक घाइते भएका छन्। घाइतेको अहिले भारतमा उपचार भैरहेको प्रहरीले जनाएको छ।


Author

थप समाचार
x