सुदूरपश्चिम

एफसीको ब्रान्ड एम्बास्डरमा मिस पवी

इकागज |
असोज २०, २०८० शनिबार ११:३३ बजे

कैलाली- नेपाल सुपर लिग (एनएसएल)को साविक उपविजेता टोली धनगढी एफसीले आफ्नो ब्रान्ड एम्बास्डरमा कलाकार तथा मोडल मिस पवी (पवित्रा साकी)लाई नियुक्त गरेको छ।

धनगढी एफसीका सिइयो सकुश केसी र कलाकार मिस पवीले शुक्रबार एक कार्यक्रमबीच ब्रान्ड एम्बास्डर नियुक्तिको सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता अनुसार मिस पवी यस सिजनको एनएसएलको लागि धनगढी एफसीको ब्रान्ड एम्बास्डर हुनेछिन्।


नेपाल सुपर लिगको दोस्रो संस्करण आगामी मङ्सिर ८ देखि पौष २१ गतेसम्म काठमाडौंको दशरथ रंगशालामा हुँदैछ ।
 


Author

थप समाचार
x