सुदूरपश्चिम

गोलीगठ्ठासहित चार जना समातिए

इकागज |
भदौ १४, २०८० बिहीबार १०:४६ बजे

कैलाली- प्रहरीले चार जनालाई हातहतियार र गोलीगठ्ठासहित पक्राउ गरेको छ । बुधबार राति लम्कीचुहा नगरपालिका-१ भुरुवाबाट उनीहरू प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा अर्जुन बिक, रामचन्द्र चौधरी, नरेश डगौरा र सचिन चौधरी रहेका छन् ।


गस्तीमा रहेको प्रहरी टोलीले कुन्तीखेत जाने बाटोको छेउमा शंकास्पद अवस्थामा बसेको उनीहरूलाई खानतलासी गर्दा निजहरूबाट प्वाइन्ट २२ हर्नेट(बन्दुक) नाल १ ,सोको म्यागजिन थान १, गोली १५ राउण्ड, बारुद ५ ग्राम फेला पारेको थियो। उनीहरूलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रबक्ता प्रहरी निरीक्षक सन्तोष बस्यालले बताए ।
 


Author

थप समाचार
x