सुदूरपश्चिम

कैलालीमा एक जनामा देखियाे हैजाको संक्रमण

इकागज |
भदौ १२, २०८० मंगलबार १६:५४ बजे

कैलाली- कैलालीमा हैजाको संक्रमण फेला परेको छ । भदौ १० गते कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको माइक्रोबायोलोजी प्रयोगशालामा परीक्षण गर्दा हैजाको संक्रमण पुष्टि भएको हो । 

स्वास्थ्य कार्यालय कैलालीका निमित्त कार्यालय प्रमुख तथा सूचना अधिकारी तेजविक्रम शाहीका अनुसार भारतको दिल्लीबाट भदौ ५ गते कैलाली आएकी गौरीगङ्गा नगरपालिका–११ मसुरियाकी ३३ वर्षीया महिलामा उक्त संक्रमण पुष्टि भएको हो । 


भारतबाट आएपछि उनको स्वास्थ्यमा समस्या आएकोमा उनी स्थानीय स्वास्थ्य चौकीमा गएकी थिइन् । त्यहाँका चिकित्सकले शंकास्पद ठानेर भदौ ९ गते सेतीमा पठाएका थिए । पछि सेतीमा परीक्षण गर्दा उनमा संक्रमण फेला परेको हो । अहिले धनगढीस्थित एक निजी अस्पतालमा उनको उपचार भइरहेको छ ।


Author

थप समाचार
x