सुदूरपश्चिम

बझाङमा आमा र दुई छाेरामाथि चक्कु प्रहार

इकागज |
भदौ ५, २०८० मंगलबार ११:४० बजे

कैलाली । बझाङको सुर्मा गाउँपालिका वडा नम्बर-३ घर भई चैनपुरस्थित सुर्मा टोलमा बस्ने कलक बिकको श्रीमती र दुई छोराहरुमाथि सुतिरहेको बेला गएराति अज्ञात व्यक्तिद्वारा धारिलो हतियार प्रहार भएको छ । 

सोमबार राति करिब १२ बजेको समयमा अज्ञात समूह कोठाभित्र पसेर कोठामै रहेको चक्कु प्रहार गरि सुतिरहेका तिनै जनालाई घाइते बनाएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी जागेश्वर भण्डारीले बताए । 


घाइते हुनेमा आमा सुनिता बिक, ७ वर्षीय छोरा आदित्य र ४ वर्षका देभ बिक रहेको डिएसपी भण्डारीले बताए । 

घाइते भएका तिनै जनाको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ। घाइतेहरु खतरा मुक्त रहेको बताउदै डिएसपी भण्डारीले यस विषयमा अनुसन्धान भइरहेको बताए ।


Author

थप समाचार
x