सुदूरपश्चिम

बुढीतोला सडक : सिंगल ट्रयाक सञ्चालनमा

इकागज |
साउन ३१, २०८० बुधबार १०:४२ बजे

कैलाली- सुदूरपश्चिम प्रदेशको सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अन्तर्गत कैलालीको गोदावरी नगरपालिका–४ बुढीतोला सडक खण्डमा भासिएको सडक मर्मत सम्भार र पहिरो हटाउने कार्य पुरा भएसँगै सिंगल ट्रयाक सञ्चालनमा आएको छ ।

सडक विभागका अनुसार बर्षा नभए अव सिंगल ट्रयाकमा गाडी चलाउन अबरोध हुने छैन । यद्धपि हरेक दिन जसो सडक भासिने गरेका कारण  मर्मत संभारका क्रममा केही घण्टा भने यातायात सेवा प्रभावित हुने गरेको छ । 


अविरल बर्षापछि बुढीतोलामा ११० मिटर सडक नक्साबाटै गायव भएको थियो । वर्षापछि सडक भासिएर १५० मिटर तल पुगेको थियो । त्यस्तै ४१० मिटरमा पहिरो खसेको थियो । सडक बिभाग झण्डै साता लामो प्रयासपछि भासिएको सडक मर्मत संभार र पहिरो हटाउन सफल भएको हो ।

क्षतिग्रस्त भीमदत्त राजमार्गको पूर्ण रुपमा मर्मत संभार नभएसम्म सिंगल ट्रयाकमा सवारी साधन चल्ने सडक डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख हरिप्रसाद सुवेदीले बताए ।

मर्मत संभारपछि शुरुमा हलुका सवारी साधनलाई मात्र आवात जावत गर्न दिईएको क्षतिग्रस्त सडक खण्डमा अहिले पनि हेभी गाडीहरुलाई समेत आवात जावत गर्न दिईएको प्रमुख सुवेदीले बताए ।


Author

थप समाचार
x