सुदूरपश्चिम

सुदूरपश्चिमका कानुनमन्त्री सिंहको निधनको शोक प्रस्ताव सर्वसम्मतले पारित

इकागज |
असार २५, २०८० सोमबार १८:१६ बजे

कैलाली- सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री स्व. पृथ्वीबहादुर सिंहको निधनको शोक प्रस्ताव सर्वसम्मत ढंगले पारित भएको छ ।

सोमबार बसेको दोस्रो अधिवेशनको १५ औं बैठकले सो प्रस्ताव सर्वसम्मत ढंगले पारित भएको हो । सभामुख भीमबहादुर भण्डारीले सभामा पेस गरेको प्रस्तावमा सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलले पनि समर्थन गरेका थिए । 


शोक प्रस्ताव पारित भएसंगै सभामुख भण्डारीले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको सभामा जानकारी दिए । यो संगै बजेटमाथिको छलफल भने अन्यौल छ ।


Author

थप समाचार
x