सुदूरपश्चिम

जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

इकागज |
असार २५, २०८० सोमबार १२:२७ बजे

सांकेतिक तस्बिर

कैलाली- गोदावरी नगरपालिका-२ महेन्द्रनगर रोड बस्ने ३९ वर्षीय प्रेम बोहराको सिगाँस होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रेम बोहरा समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २७ हजार ६०० रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ । 


 


Author

थप समाचार
x