सुदूरपश्चिम

सुदूरपश्चिम प्रदेशसभाको बैठक आजदेखि

इकागज |
असार २५, २०८० सोमबार ११:४१ बजे

कैलाली- सुदूरपश्चिम प्रदेश सभाको बैठक आजदेखि शुरु हुने भएको छ । प्रदेश सभा बैठक आज दिउँसो ४ बजे आह्वान गरिएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । यसअघि असार १ गते बसेको प्रदेश सभा बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको थियो । 

सरकारले प्रदेश सभालाई विजनेस नदिनु र वार्षिक कार्यक्रम (रातो किताव) माथि सत्तापक्ष र प्रतिपक्षी दलहरुको असन्तुष्टिका कारण बैठक सञ्चालन हुन सकेको थिएन्  ।


साउन १ गतेभित्र बजेट पारित गरिसक्नु पर्ने कानुनी प्रावधान भएकाले सरकारले बजेटमाथिको छलफल भोलीदेखि सुरु गर्ने तयारी गरेको छ । सोमबार विहान बसेको कार्य परामर्श समितिले आज बैठक शुरु गरेपनि बजेटमाथिको छलफल अघि नबढाउने निर्णय गरेको छ ।

प्रदेशका सभामुख भीमबहादुर भण्डारीले कार्य परामर्श समितिको बैठकले आज बस्ने प्रदेश सभा बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको शोक प्रस्ताव पेश गरि पारित गर्ने कार्यसूचि तय भएको बताए । उनले भोलीदेखि बजेटमाथिको छलफल हुने समेत जानकारी दिए ।


Author

थप समाचार
x