सुदूरपश्चिम

कुबेर शाही एनवाईइएफ कैलाली च्याप्टरको अध्यक्षमा चयन

इकागज |
असार २३, २०८० शनिबार १५:३४ बजे

कैलाली- युवा व्यवसायी कुबेर शाही नेपाली युवा उद्यमी मञ्च  (एनवाईइएफ) कैलाली च्याप्टरको अध्यक्षमा चयन भएका छन् । शाही कैलाली हार्डवेयर व्यवसायी संघका अध्यक्ष समेत हुन् ।

नेपाली युवा उद्यमी मञ्चको छैठौं वार्षिक साधारणसभाबाट शाहीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएका छन् ।


मञ्चको प्रथम उपाध्यक्षमा इन्जिनियर तर्कराज भट्ट र द्धितीय उपाध्यक्षमा अच्युत दाहाल चयन भएका हुन् । त्यस्तै कार्यकारी सदस्यमा शिवराज ओझा, आयुस हमाल, आयुस मोहपाल, आदित्य हमाल, आशिष शाह, राहुल गुप्ता र बिनय चोखाल चयन भएका छन् ।


Author

थप समाचार
x