सुदूरपश्चिम

बैतडीमा बेहोस फेला परेका चन्दको निधन

इकागज |
जेठ १४, २०८० आइतबार ८:४४ बजे

सांकेतिक तस्बिर

धनगढी- होटलमा बेहोस भएका बैतडीका एक जनाको मृत्यु भएको छ ।

मेलौली नगरपालिका-७ को एक होटेलमा शनिबार बेहोस भएका पञ्चेश्वर गाउँपालिका-२ का ५७ वर्षीय रनि चन्दको मृत्यु भएको हो । 


जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार भारतबाट आएका चन्द जेठ ११ गतेदेखि रिसब होटेलमा बस्दै आएका थिए । शनिबार बिहान होटेलका कर्मचारीले खाना खानका लागि बोलाउन जाँदा उनलाई बेहोस अवस्थामा फेला परेका थिए ।
 
उनको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचारका क्रममा मृत्यु भएको हो । उनको मृत्युको कारण भने खुल्न सकेको छैन । उनको पोष्टमाटमपछि शव परिवारले बुझेको छ । घटनाबारे प्रहरीले छानबिन गर्दैछ ।


Author

थप समाचार
x