कर्णाली

कर्णालीमा थपिए क्षयरोगका नौ सय बिरामी

इकागज |
चैत १४, २०८० बुधबार १३:४३ बजे

सुर्खेत- कर्णालीमा क्षयरोगका बिरामी थपिने क्रम बढेको देखिएको छ । चालु आर्थिक वर्षको आठ महिनामा प्रदेशका दश जिल्लामा गरी नौ सय तीन जना नयाँ क्षयरोगका बिरामी थपिएका हुन् ।

जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका अनुसार अघिल्लो आर्थिक वर्षमा प्रदेशभर एक हजार ७७ जनामा क्षयरागको सङ्क्रमण देखिएको थियो । जबकि चालु आर्थिक वर्षको आठ महिनामा मात्रै नौ सय तीन बिरामी थपिएका हुन् । चालु आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा धेरै सुर्खेतमा तीन सय १८ नयाँ क्षयरोगका बिरामी फेला परेका छन् ।


यस्तै सल्यानमा एक सय ४९, रुकुमपश्चिमा एक सय एक र दैलेखमा ९९ जनामा सङ्क्रमण देखिएको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका क्षयरोग स्रोतव्यक्ति दयाराम पङ्गालीले जानकारी दिए

। उनका अनुसार जाजरकोटमा ८६, कालीकोटमा ५२, जुम्लामा ५४, डोल्पामा १९, हुम्लामा १३ र मुगुमा १२ नयाँ क्षयरोगका बिरामी चालु आर्थिक वर्षको आठ महिनामा फेला परेका छन् । कर्णालीमा क्षयरोगका बिरामीको सङ्ख्या बढ्दै गएको पाइएको जनाउँदै पङ्गालीले बिरामीलाई उपचारको दायरामा ल्याउने गरी प्रचारप्रसार भइरहेको बताए । रासस


Author

थप समाचार
x