कर्णाली

मुगुमा भाइरल ज्वरो : तीन जनाको मृत्यु

इकागज |
माघ ११, २०८० बिहीबार १४:४ बजे

सांकेतिक तस्बिर

मुगु- जिल्लाको सोरूगाउँपाली– ६ पुरूमुरू गाउँमा ‘भाइरल’ ज्वरोका कारण तीन जनाको मृत्यु भएको छ । 

भाइरल ज्वरोले सोरूगाउँपालिका– ६ पुरूमुरू गाउँका वर्ष ७२ का हरिबहादुर शाही, ७५ वर्षकी कृति छन्त्याल र  २४ वर्षीया कुसुम ढोलीको मृत्यु भएको सोरूगाउँपालिका– ६ जिमा गाउँका कर्णजित बुमीले बताए ।


जिल्लाका पुरूमुरू,जिमा,भिई,नार्थपु,सिप,ख्याल्च,वुम्च,लगायत गाउँका सर्वसाधारण भाइरल ज्वरोले पीडित भएका छन् । जिल्ला अस्पताल बिरामीले भरिएका छन् ।

गाउँभर बिरामी छन् तर स्थानीय सरकारबाट कुनै किसिमको सहयोग नभएको उनले गुनासो गरे । विपन्न वर्ग उपचारको अभावमा छटपटाइरहेका छन् । स्वास्थ्यचौकीमा सिटामोलसमेत नपाइने अवस्था रहेको उनले बताए ।

यसैबीच, जिल्ला स्वास्थ्य कार्यालयले मङ्गलबार चिकित्सकसहितको टोलीबाट  सोरूगाउँपालिका,पुरूमुरू र जिमा गाउँका एक सय ५० जनाभन्दा बढीको स्वास्थ्य परीक्षण गरेको छ ।

जिल्ला अस्पतालका चिकित्सक कमल ढुङ्गानाले चिसोका कारण बिरामी बढेका बताउँदै ‘भाइरल फिबर’ नियन्त्रण हुन केही समय लाग्ने जानकारी दिए । तारन्तार पसिना आउने, टाउको दुख्ने, मांसपेसी दुख्‍ने, खानामा अरूची हुने, कमजोर महसुस हुने भाइरल फिबरका लक्षण रहेका छन् । 


Author

थप समाचार
x