कर्णाली

वीरेन्द्रनगर वडा नं ६ को नवनिर्मित भवन उद्घाटन

इकागज |
कात्तिक १४, २०८० मंगलबार १६:३२ बजे

सुर्खेत- सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा न. ६ को नवनिर्मित भवन उद्घाटन गरिएको छ । आज मगंलबार वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकालले भवनको उद्घाटन गरेकी हुन् ।

कार्यक्रममा बोल्दै नगर प्रमुख ढकालले वडाहरूबाट प्रवाह हुने सेवाहरू व्यवस्थित हुनुपर्ने बताइन् । ढकालले नागरिकको सेवा प्रवाह गर्ने मुख्य स्थान भनेको वडा कार्यलय भएको बताउँदै वडाबाट दिइने सेवाहरू जति व्यवस्थित तरिकाले दिन सक्यो त्यति नै नेपालको संविधान कार्यान्वयन भएको नागरिकहरूले अनुभूति गर्ने जिकिर गरिन् ।


प्रमुख ढकालले हिजोको दिनमा प्रशासनिक कामका लागि सिंहदरबार धाउनुपर्ने बाध्यात्मक काम वडा तथा पालिकामा हुने उल्लेख गरिन् । स्थानीय सेवाले विकास निर्माण तथा सेवा प्रवाहमा बढीभन्दा बढी परिणाम आउने गरी काम गर्नुपर्ने समेत उनको भनाइ छ ।


Author

थप समाचार
x