कर्णाली

सामुहिक हत्या प्रकरण : छलफल गर्न डीआईजी ढकाल पनि मुगुमा

इकागज |
कात्तिक १३, २०८० सोमबार १४:७ बजे

सुर्खेत- एकै घरका चारजनाको सामुहीक हत्या भएको घटनामा प्रदेश प्रहरीले अनुसन्धान जारी राखेको छ । तीन सन्तानसहित आमाको सामूहिक हत्या भएको विषयमा प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको प्रहरीले घटनाको नजिक पुगेको बताइरहेको छ ।

शनिबार बिहानदेखि प्रहरीले विभिन्न कोणबाट अनुसन्धान सुरु गरेको हो । शुक्रबार छाँयानाथ रारा नगरपालिका–६ मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा, ८ महिनाका छोरा रहर बोहोरा र ८ वर्षीया छोरी अप्सरा बोहोराको शव घरभित्रै फेला परेको थियो ।


उक्त विषयको अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डीआईजी)भीम प्रसाद ढकाल पनि घटनास्थलमा पुगेका छन् । उनी आइतबार बिहान मुगु पुगेका हुन् । घटनाको बारेमा जिल्लाको प्रहरीसँग विशेष छलफल गर्न आफू मुगु पुगेको ढकालले बताए । साथै उनले अनुसन्धानमा सघाउने र अहिले अनुसन्धान टोलीको प्रगति बुझ्ने काम भइरहेको बताए । 

शुक्रबार बिहान ११ बजे घटनाको विषयमा जानकारी पाउन साथ प्रहरी त्यहाँ पुगेको थियो । प्रहरीका अनुसार मृतक आमा श्रीदेवी छोराछोरीसहित ७ गते बिहान दसैँको टीका थाप्न सोही वडामा रहेको माइती गाउँ कोटिल्ला गएका थिए ।


Author

थप समाचार
x