कर्णाली

प्रदेश निजामती विधेयक बनाउँदै कर्णाली सरकार

इकागज |
साउन ३२, २०८० बिहीबार १६:२८ बजे

सुर्खेत- कर्णाली सरकारले प्रदेश निजामती विधेयक बनाउन लागेको छ । उक्त विधेयक निर्माणका लागि विभिन्न चरण पार गरेर आज प्रदेश सभामा दर्ता समेत गरिएको छ ।

कर्णाली प्रदेशको निजामती सेवा सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक सभामा टेबुल भएको छ । सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले आज बसेको सभाको बैठकमा विधेयक टेबुल गरेका हुन् । उक्त विधेयकको ‘कर्णाली प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ नामकरण गरिएको छ । 


प्रदेश मन्त्रिपरिषदले आफ्नो प्रशासन सञ्चालन गर्न आवश्यकता अनुसार कानुन बमोजिम विभिन्न सरकारी सेवाहरूको गठन र सञ्चालन गर्न सक्ने संवैधानिक व्यवस्था बमोजिम विधेयक टेबुल गरिएको छ । प्रदेशको निजामती सेवालाई सक्षम, सुदृढ, सेवामूलक र उत्तरदायी बनाउन निजामती सेवाको गठन सञ्चालन र सेवाका सर्त सम्बन्धमा कानुनी व्यवस्था गर्न आवश्यक रहेको मन्त्री जिसीले सभालाई जानकारी गराए । 


Author

थप समाचार
x