कर्णाली

सुर्खेतमा आज पूर्वराजा ज्ञानेन्द्रको नागरिक अभिनन्दन

इकागज |
जेठ १३, २०८० शनिबार ७:३८ बजे

फाइल तस्बिर

सुर्खेत- पुर्व राजा ज्ञानेन्द्र शाहको आज सुर्खेतमा नागरिक अभिनन्दन गरिने भएको छ । 

सुर्खेतमा हुने नागरिक अभिनन्दन ग्रहणका लागि उनी अपरान्ह कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर आउने छन् । 


राप्रपा सुर्खेतका अध्यक्ष कविराम पुरीका अनुसार पुर्व राजाको नागरिक अभिनन्दन कार्यक्रमको सम्पूर्ण तयारी पुरा भइसकेको छ । उनका अनुसार पूर्वराजा शाहसहित पूर्व महारानी कोमल, पूर्व युवराज्ञी हिमानी शाह पनि अभिनन्दन कार्यक्रममा सहभागी हुनेछन् ।

अभिनन्दन कार्यक्रम पश्चात् राजपरिवारले देउती बज्यै मन्दिर र कालिका मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम रहेको छ ।


Author

थप समाचार
x