कर्णाली

आजदेखि कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशन

इकागज |
जेठ १०, २०८० बुधबार ८:२२ बजे

सुर्खेत- कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेश सभा सचिवालयका अनुसार दोस्रो कार्यकालको दोस्रो अधिवेशन आजदेखि सुरु हुन लागेको हो । बैठक दिउँसो ३ बजे बस्नेछ ।

‘नेपालको संविधानको धाराा १८३ को उपधारा (१) बमोजिम कर्णाली प्रदेशका माननीय प्रदेश प्रमुृखज्यूबाट कर्णाली प्रदेशकासभाको दोस्रो कार्याकालको दोस्रो अधिवेशन सम्वत् २०८० साल जेठ १० गते बुधबार दिनको ३:०० कर्णाली प्रदेशसभा भवन, वीरेन्द्रनगर सुर्खेतमा बस्ने गरी आव्हान भएकाले कर्णाली प्रदेशसभा नियमावली २०७०को नियम ३ (३) बमोजिम माननीय सदस्यज्यूहरूको जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ’ प्रदेश सभा सचिव जीवराज बुढाथोकीले जारी गरेको सूचनामा उल्लेख छ ।


कर्णाली प्रदेश सरकारको यही जेठ ४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार दोस्रो अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गरेको थियो ।


Author

थप समाचार
x