लुम्बिनी

लुम्बिनीका अर्थमन्त्री मास्की सवार गाडी दुर्घटना, अवस्था सामान्य

इकागज |
असोज २२, २०८० सोमबार १७:२१ बजे

बुटवल- लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की सवार गाडी सोमबार दिउँसो दाङको तुलसीपुरमा दुर्घटनामा परेको छ । उपमहानगरपालिका वडा नं. १२ सितलपुरको घुम्तीमा सोमबार दिउँसो चार बजेतिर मन्त्री सवार लु १ झ ७३८ नम्बरको गाडी दुर्घटनामा परेको हो ।

राप्ती राजमार्ग अन्तरगत तुलसीपुरबाट अमेलिया हुँदै मन्त्रालय तर्फ जाँदै गरेको गाडी दुर्घटनामा परी अर्थमन्त्री मास्की, स्वकीय सचिव शम्भु पौडेल, पिएसो मनबहादुर थिडी, चालक मनबहादुर बंशी मगर घाइते भएका छन् ।


अर्थमन्त्रीसहित सबै चारै जना घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको तथा सबैको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।
बच्चा जोगाउन खोज्दा गाडी खाडलमा परेको  हाल्नु परेको बताइएको छ ।

विद्यालय छुट्टीपछि दौडिएर घर तर्फ जान लागेका एक जना बालकलाई जोगाउनका लागि चालकले गाडी झाडी तर्फ गएको मन्त्री मास्कीका स्वकीय पौडेलले जानकारी दिए ।

स्वकीय सचिव पौडेलका अनुसार उनको खुट्टा चोटका कारण सुन्निएको छ । त्यस्तै चालकलाई टाउकोमा र पिएसोलाई पनि हात खुट्टामा सामान्य चोट लागेको छ । अर्थमन्त्री मास्कीलाई पनि हात खुट्टामा चोट लागेको स्वकीय पौडेलले जानकारी दिए ।


Author

थप समाचार
x