गण्डकी

घाँस लगाउने किसानलाई पोखरा महानगरको अनुदान

इकागज |
साउन ३०, २०७९ सोमवार १८:६ बजे

पोखरा - पोखरा महानगरपालिकाद्वारा सघन घाँस विकास कार्यक्रमका लागि अनुदान वितरण गरिएको छ । पोखरा महानगरले सघन घाँस खेती गर्ने ९३ जना किसानलाई १४ लाख ६५ हजार ५ सय ९० रुपैयाँ अनुदान दिएको हो ।

पोखरा महानगर पशु विकास सेवा शाखाद्वारा आयोजित कार्यक्रममा पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले अनुदान वितरण गरिन् । पोखरा महानगरमा आर्थिक वर्ष २०७८÷०७९ मा ४८९ रोपनीमा सघन घाँस लगाइएको थियो । जसबाट ७ हजार ३ सय ३५ मेट्रिक टन घाँस उत्पादन हुने महानगर पशु विकास सेवा शाखा प्रमुख नवराज अधिकारीले जानकारी दिए ।


पोखरामा १० रोपनी भन्दा बढीमा घाँस लगाउने १३ जना, ५ देखि ९ रोपनीमा लगाउने २२ जना, २ देखि माथि र ५ रोपनी भन्दा कम लगाउने कृषकको संख्या ५८ जना रहेका छन् । उनीहरुलाई महानगरले प्रति रोपनी ३ हजारका दरले अनुदान उपलब्ध गराएको हो । 

९३ जना किसानले ६ हजारदेखि ६० हजार रुपैयाँ सम्म अनुदान प्राप्त गरेको अधिकारीले जानकारी दिए । सो अवसरमा सबैभन्दा बढी २० रोपनीमा घाँस लगाउने मिना तिवारी र नन्दप्रसाद पोखरेललाई ६०÷६० हजार रुपैयाँ अनुदान पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले हस्तान्तरण गरिन् । 

महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले पोखराको आर्थिक विकासको आधार पर्यटन र कृषि रहेको बताइन् । पोखरा महानगरले कृषिलाई प्रोत्साहन गर्न अनुदान, कृषि एम्बुलेन्स सञ्चालन लगायतका कार्यक्रम ल्याएको उनले बताइन् ।
 


Author

थप समाचार
x