गण्डकी

जिसस मनाङमा कांग्रेस र एमालेबीच गोलाप्रथाबाट भागबण्डा

इकागज |
असार १, २०७९ बुधबार २०:५८ बजे

फाइल फोटो

लमजुङ -  जिल्ला समन्वय समिति मनाङमा नेपाली कांग्रेस र नेकपा एमालेले गठबन्धन गरेका छन् । सहमति अनुसार नै बिहीबार मनोनयन दर्ता गरिने भएको हो ।

उनीहरुले प्रमुख र उपप्रमुख कसले लिने भनेर गोलाप्रथा पनि गरेका छन् ।


जस अनुसार एमालेको भागमा प्रमुख र कांग्रेसको भागमा उपप्रमुख परेको छ । प्रमुखमा एमालेका चिनबहादुर घले र उपप्रमुख चन्द्रबहादुर घलेलाई उम्मेदवार बनाउने सहमति पनि भएको छ ।

प्रमुख र उपप्रमुखको टुंगो लागे पनि सदस्यहरु बिहीबार टुंगो लाग्नेछ ।


Author

थप समाचार
x