गण्डकी

गण्डकीले ३६ अर्ब बढीको बजेट ल्याउने

इकागज |
असार १, २०७९ बुधबार ११:२३ बजे

फाइल तस्बिर

पोखरा- गण्डकी प्रदेश सरकारले बुधबार आगामी आर्थिक वर्ष २०७९/८० का लागि आज बजेट ल्याउँदै छ । गण्डकी प्रदेश सरकारले बुधबार अपराह्न ४ बजे प्रदेशसभा बैठकमा गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले बजेट प्रस्तुत गर्नेछन् ।

अन्तर सरकारी वित्त व्यवस्थापन ऐनमा प्रदेश सरकारले असार १ गते बजेट सार्वजनीक गनुपर्ने प्रावधान छ । सोही अनुसार गण्डकीसहित प्रदेश सरकारहरूले आफ्नो कार्यकालको अन्तिम बजेट एकै दिन प्रस्तुत गर्न लागेका हुन् ।


गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि ३० अर्बको बजेट प्रस्तुत गरेको थियो । यो वर्ष पहिलेको भन्दा केही बढी बजेट आउने प्रदेशका अर्थमन्त्री बरालले जानकारी दिए । सरकारले ३६ अर्बभन्दा बढीको बजेट ल्याउने तयारी गरेको छ ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले दोस्रो पटक बजेट ल्याउन लागेको हो । कांग्रेससहित माओवादी केन्द्र, जसपा, जनमोर्चा र स्वतन्त्र सांसदको समर्थनमा अघिल्लो वर्ष जेठ २९ मा सरकारको नेतृत्व सम्हालेका थिए ।


Author

थप समाचार
x