बागमती

दुई दिनमै ४२ जना फरार अभियुक्त प्रहरी नियन्त्रणमा

इकागज |
माघ १०, २०८० बुधबार ७:२८ बजे

सांकेतिक तस्बिर

चितवन- जिल्ला प्रहरी कार्यालय चितवनले दुई दिनमा ४२ जना फरार अभियुक्तलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला अदालत चितवनबाट सजाय तोकिएका अभियुक्तलाई माघ ८ र ९ गते चितवनका विभिन्न क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।


नियन्त्रणमा पर्नेमा लागूऔषध, सवारी ज्यान मुद्दा, चेक बाउन्स, कतव्य ज्यान मुद्दालगायतका अभियुक्त रहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी श्रीराम भण्डारीले जानकारी दिए ।

भण्डारीका अनुसार उनीहरूबाट ३० वर्ष ९ महिना २५ दिन कैद र ५ लाख २२ हजार रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी छ ।


Author

थप समाचार
x