बागमती

नेपाली फूलको प्रवर्द्धनका लागि महानगरले चार ठाउँमा फूल बिक्री केन्द्र तोक्यो

तिहारमा साँझ ८  देखि राति १ बजेसम्म महानगर प्रहरीले गस्ती गर्ने

इकागज |
कात्तिक २५, २०८० शनिबार १५:१० बजे

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले तिहारलाई सुरक्षित रूपमा मनाउन आग्रह गरेको छ ।​ शनिबार काठमाडौँमा पत्रकार सम्मेलन गरी काठमाडौँ महानगरपालिकाले नेपालीहरूको महान पर्व तिहारलाई भव्य तथा सुरक्षित रूपमा सम्पन्न गर्न साँझ ८ देखि राति १ बजेसम्म गस्ती गर्ने भएको हो ।

शान्ति सुरक्षाका लागि तिहारमा राति १ बजेसम्म नै महानगरपालिकाले गस्ती गर्ने महानगरीय प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए । उनले देउसी भैलोको समयमा १ बजेसम्म ४ क्षेत्रबाट गस्ती हुने बताए । उनले शान्तिपूर्वक देउसी भैलीमा महानगर प्रहरीले सहजीकरण गर्ने पनि उल्लेख गरे ।


उनले महानगरपालिकाले नेपाली किसानले उत्पादन गरेको फूललाई महानगरभित्र प्रवर्द्धन गर्न सहुलियत गर्न ४ ठाउँमा स्टल राख्ने बताए । उनले ४ ठाउँमा मखमली, सयपत्री लगायतका फूलको बिक्रीका लागि महानगरभित्र सहजीकरण गर्ने जिकिर गरे । उनले भृकुटीमण्डप, तीनकुने, बालाजु र हाँडीगाउँमा नेपाली कृषकले उत्पादन गरेका फूलहरूका लागि महानगरले बिक्रीमा सहजीकरण गर्ने उद्देश्यले सुरु गरेको बताए ।

प्रमुख पाण्डेले नेपाली उत्पादनलाई प्रवर्द्धन गर्न सबैले पहल र व्यवस्थित रूपमा अघि बढ्न आवश्यक रहेको पनि उल्लेख गरे


Author

थप समाचार
x