बागमती

बागमती प्रदेशका १ हजार ५८५ जना पत्रकारकाे दुर्घटना बिमा

इकागज |
चैत १४, २०७९ मंगलबार १८:५६ बजे

मकवानपुर- बागमती प्रदेशका पत्रकारलाई दुर्घटना बिमा गरिएकाे छ । बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेशका पत्रकारलाई सामूहिक दुर्घटना बीमा गरिदिएको हाे ।

सञ्चारको समेत कार्यक्षेत्र रहेको मन्त्रालयले प्रदेशका १३ जिल्लाका १ हजार ५ सय ८५ जना पत्रकारका लागि राष्ट्रिय बिमा कम्पनी लिमिटेड मार्फत प्रतिव्यक्ति ४ लाख रुपैयाँको दुर्घटना बिमा गरिएको मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका शाखा अधिकृत सुरेन्द्र कार्कीका अनुसार ६३ करोड ४० लाख रुपैयाँ बराबरको बिमाङ्क रकमको बिमा गरिएको हो ।


२०७९ चैत्र ५ बाट लागू हुने बिमालेख अनुसार बिमित पत्रकारको मृत्यु भएमा कूल ४ लाख रुपैयाँ र दुर्घटना भएमा १ लाख बराबरको औषधि उपचार खर्च भुक्तानी दाबी लिन सकिने कार्कीले बताए । आन्तरिक मामिला तथा कानुन मन्त्री गंगा नारायण श्रेष्ठले जिम्मेवारी सम्हालेपछि पत्रकारको बिमाको काम छिटो कार्यान्वयन गर्न निर्देशन दिएपछि पत्रकाहरूको सामूहिक दुर्घटना बिमा लागू भएको हो ।

यसैगरी मन्त्री श्रेष्ठले नेपाल पत्रकार महासंघ बागमती प्रदेशलगायत अन्य ५ वटा संस्थाहरूलाई समेत पत्रकाहरूको क्षमता अभिवृद्धि गर्न सहयोग गरिएको बताए ।


Author

थप समाचार
x