मधेश

सहमहामन्त्री यादवमाथि आक्रमणविरुद्ध धनुषामा चक्काजाम, गृहमन्त्रीको राजीनामा माग

सुभाष कर्ण |
भदौ २०, २०८० बुधबार २२:६ बजे

जनकपुरधाम - नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको साँघातिक आक्रमण विरुद्ध मधेश प्रदेशको राजधानी जनकपुरधाम–ढल्केवर सडकखण्डमा चक्काजाम गरिएको छ । 

धनुषाको लक्ष्मीनियाँ गाउँपालिकाको लक्ष्मीनियाँ बजारमा चक्काजाम गरिएको हो । चक्काजामको कारण सवारी साधनहरु ठप्प भएका छन भने सर्वसाधारणलाई समेत आवातजावतमा सास्ती भएको छ । चक्काजाम गरिएको लक्ष्मिनिया सहमहामन्त्री यादवको गाउँपालिका समेत हो । 


सहमहामन्त्री यादव माथि दिउँसो काठमाडौंमा भएको साँघातिक आक्रमणको विरोध गर्दै युवाहरुले चक्काजाम गरेका हुन् ।  यादवमाथि खुकुरी प्रहार भएपछि जनकपुरसहित धनुषाको विभिन्न स्थानका स्थानीयहरू आक्रोशित भएका छन् । 

कांग्रेसका क्षेत्रीय सभापति धनुषा निर्वाचन क्षेत्र नं. ४ का भारत यादवको नेतृत्वमा काँग्रेस निकट विद्यार्थी युनियन, युवा संघ र स्थानीय जनताले गृहमन्त्रीको राजीनामा र दोषीमाथि तत्काल कारबाहीको माग गर्दै टायर बालेर विरोध प्रदर्शन गरेका हुन् ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x