मधेश

चुरे अभियानकर्मीहरूद्वारा दोश्रो चरणको आन्दोलन घोषणा

सुभाष कर्ण |
फागुन २७, २०७९ शनिबार १७:४१ बजे

जनकपुरधाम - फागुन १६ दिनदेखि अनिश्चितकालीन धर्नामा बसेका चुरे संरक्षण अभियानकर्मीहरूले दोश्रो चरणको आन्दोलनको घोषणा गरेका छन् । गत फागुन ११ गतेदेखि अनिश्चितकालीन धर्नामा बसेका चुरे तथा वन जंगल संरक्षण अभियानकर्मीहरू मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित जनक चोकमा धर्नामा बसेका छन् ।

चुरे तथा वन जंगल संरक्षण अभियानका संयोजक सुनिल यादवले १६ दिनसम्म धर्नामा बसे पनि सम्बन्धित निकायले बेवास्ता गर्दै आएपछि सडक प्रदर्शन र मन्त्रालय तथा सरकारी कार्यालय घेराउ र तालाबन्दी लगायतका दोश्रो चरणको आन्दोलनको घोषणा गर्नु परेको बताए ।


उनले विभिन्न चरणमा करिब तीन वर्षदेखि चुरे संरक्षण र भूमिहीन दलितहरूको समस्या समाधानका लागि खुल्ला आकाशमुनि आन्दोलन गर्दै आएको बताए । तर राज्य पक्षले नसुनेको उनको गुनासो छ ।

चुरेलाई कमाइको जरिया र दलितहरूलाई भोट बैंकको रुपमा मात्र प्रयोग गर्दै सत्तामा बसेकाहरूले आन्दोलनलाई बेवास्ता गरेको उनको आरोप छ । संयोजक यादवले निरन्तर १६ दिन देखि धर्नामा बस्दा पनि तीन वटै सरकारले बेवास्ता गरेको आरोप लगाउँदै भने, 'अनिश्चितकालीन धर्नालाई यथावत् राख्दै अब हुने अर्को आन्दोलन संघ र मधेश प्रदेश सरकारसँग वारपारको हुनेछ ।'

खोला उत्खननको विरोध गर्दा हत्या गरिएका युवा दिलीप महतोलाई पर्यावरणीय शहीद घोषणा गर्नुपर्ने, अवैध क्रसर उद्योगहरूमा तत्काल रोक लगाउनु पर्ने, विगतमा मधेश सरकारले गरेको ७ बुँदे सहमति तत्काल कार्यान्वयन गर्नु पर्ने, भूमिहीन तथा सुकुम्बासीको आवासको व्यवस्था गर्नुपर्ने, वैदेशिक रोजगारसम्बन्धी समस्या हल गर्नु पर्ने लगायत अभियानको माग अघि बढाएको छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x