मधेश

महंगीको विरोधमा एमालेद्वारा प्रदर्शन

इकागज |
असार १३, २०७९ सोमबार १९:४३ बजे

जनकपुरधाम । पटक–पटक भइरहेको अनियन्त्रित महंगीको विरोधसहित विभिन्न माग राख्दै नेकपा एमालेका भातृ संगठनहरुले जनकपुरधाममा विरोध प्रदर्शन गरेका छन् ।

सोमबार नेकपा एमालेका नगर समिति तथा भातृ संगठनहरु अखिल नेपाल किसान महासंघ धनुषा, अखिल नेपाल महिला महासंघ धनुषा र युवा संघ धनुषाले संयुक्त आयोजनमा विरोध महंगीको विरोधमा विरोध प्रदर्शन गरेका हुन् ।


जनकपुरधामको जनक चोकबाट निस्केको विरोध जुलुस नगरको विभिन्न स्थान परिक्रमा गर्दै पुनः जनक चोकमा पुगी कोण सभामा परिणत भई सम्पन्न भएको थियो ।
कोण सभामा सहभागी नगर समितिका अध्यक्ष सुरेन्द्र भण्डारीले गैर संवैधानिक यो गठबन्धनको सरकार महंगी नियन्त्रण गर्न असफल रहेको आरोप लगाउँदै तत्काल नियन्त्रण नगरिए कडा भन्दा कडा संघर्ष गर्ने चेतावनी दिए ।
कोण सभालाई सम्बोधन गर्दै अखिल नेपाल किसान महासंघका जिल्ला अध्यक्ष गोनौर राउतले पनि महंगी  नियन्त्रण र किसानलाई सहज रुपमा मलखाद्य उपलब्ध नगराए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
विरोध प्रदर्शनमा सहभागीहरुले अविलम्ब रसायनिक मल उपलब्ध गराउ, किसानमारा निती खारेज गर, महँगाई नियन्त्रण गर र पेट्रोलियम पदार्थको मूल्य अझै घटाउ लगायतका प्लेकार्ड बोक्दै सरकारविरुद्ध नाराबाजी समेत गरेका थिए ।


Author

थप समाचार
x