कोशी

मेरिल्याण्ड कलेजको बसले ठक्कर दिएका वृद्धको उपचारका क्रममा मृत्यु

इकागज |
फागुन ३०, २०८० बुधबार ९:४० बजे

सांकेतिक तस्बिर

मोरङ- रंगेली बसपार्कमा दुर्घटनामा परेका ७२ वर्षीय अर्जुन देव भट्टराईको मृत्यु भएको छ । र‌ंगेली-३ घर भएका भट्टराई मंगलबार बेलुका दुर्घटनामा परेका हुन्।

बिराटनगरको मेरिल्याण्ड कलेजको को १ क १५२९ नम्बरको बसले साइकलमा सवार भट्टराईलाई ठक्कर दिएको थियो। दुर्घटना परि बिराटनगरको गोल्डेन अस्पतालमा उपचार गराइरहेका भट्टराईको गएराति ४ बजे निधन भएको हो ।


बसका चालक रतुवामाई ५ सिजुवा बस्ने ४५ वर्षीय सुर्य बहादुर ताजपुरियालाई प्रहरीले नियन्त्रणमा लिएर राखेको छ।


Author

थप समाचार
x