घटना-दुर्घटना

जन्ती बस दुर्घटनामा ज्यान गुमाउने तीनै जनाको पहिचान खुल्यो

इकागज |
बैशाख ७, २०८१ शुक्रबार ९:५८ बजे

फाइल तस्बिर

काठमाडौँ - सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका पिस्करमा भएको जन्ती बस दुर्घटनामा ज्यान गुमाउने तीनै जनाको पहिचान खुलेको छ ।

मृत्यु हुनेमा दोलखा भीमेश्वर नगरपालिका १ का मानबहादुर थामी, शिव श्रेष्ठ र दिपेन्द्र थामी रहेको छन् । 


दोलखाबाट जन्ती लिएर आउँदै गरेको रोल्वालिङ यातायातको वा ४ ख ५६१६ नम्बरको बस त्रिपुरा सुन्दरी गाउँपालिका ५ धारावतीमा शुक्रबार बिहान ७ बजेतिर दुर्घटनामा परेको थियो । 

 दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो ।  दुर्घटनामा दुलहासहित ३२ जना घाइते भएका थिए ।  स्थानीयवासी र प्रहरीले घाइतेलाई उद्धार गरेर धुलिखेल अस्पताल र खाडीचौरको सदाबहार अस्पताल लैजाँदै गरेको स्थानीय पत्रकार पृथ्वी जंग पाण्डेले जानकारी दिए । 

बस त्रिपुरासुन्दरी– ५ धारावतीबाट १०० मिटर तल खसेको थियो ।


Author

थप समाचार
x